संखुवासभामा भारतीय सहयोगमा निर्माण भएको विद्यालयको भारतीय अधिकारीद्वारा शिलान्यास

School

काठमाडौं: संखुवासभामा भारतीय सहयोगमा निर्माण हुन लागेको श्री डिडिङ आधारभूत विद्यालयको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नरबु शेर्पा र दूतावासका प्रथम सचिवले संयुक्त रुपमा शिलान्यास गरेका छन्। भारतका अविनाश कुमार सिंहले सोमबार काठमाडौंस्थित भारतीय दूतावासबाट जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ। संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा रहेको विद्यालय भवन ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत नेपाली रुपैयाँ ४ करोड २९ लाखको टेण्डरमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको छ।

यस विद्यालयका लागि ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान दुईतले शैक्षिक तथा प्रशासनिक ब्लक निर्माणका साथै अन्य सुविधाका लागि उपयोग गरिनेछ। चिचिला गाउँपालिका, संखुवासभा मार्फत कार्यान्वयन हुन लागेको यो आयोजना भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा ल्याइएको छ। यो परियोजना नेपाल र भारतबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो। चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानमा भारत सरकारको निरन्तर सहयोगको प्रशंसा गरे। संखुवासभाको चिचिला गाउँपालिकास्थित श्री दिडिङ आधारभूत विद्यालयका विद्यार्थीलाई राम्रो शैक्षिक सुविधा उपलब्ध गराउन नयाँ विद्यालय भवनले उपयोगी हुने र यस क्षेत्रको शिक्षाको विकासमा टेवा पुर्याउनुका साथै सिकाइको राम्रो वातावरण सिर्जना गर्ने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *