सिलगढी: दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले सिलगढी नगरपालिकाको वार्ड नम्बर २७ मा प्रचारप्रसार गरेका छन्। आज उम्मेदवार गोपाल लामा र दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस विधानसभा नेता पपिया घोषले वार्डको आनन्दमयी कालीबारीमा पहिलो पटक पूजा गरे। त्यसपछि उनले वार्डका विभिन्न घरघर र पसलमा गएर भोटका लागि प्रचार गरे। उम्मेदवार गोपाल लामा र पपिया घोषले आम जनतालाई भोट हाल्न आग्रह गरेका छन्। चुनावी अभियानमा वार्ड पार्षद प्रशान्त चक्रवर्ती लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।








