नयाँ दिल्ली: दिल्ली क्यापिटल्सले आईपीएल २०२४-को जारी सीजनको निम्ति हेरी ब्रूकको विकल्पको रूपमा सोमवार दक्षिण अफ्रिकाका पेस बलर लिजाड विलियम्सलाई टीममा सामेल गऱ्यो। ईंग्ल्याण्डका ब्याटर ब्रूक आफ्नी बोजुको निधनले गर्दा टुर्नामेण्टबाट हटेका थिए। वर्ष २०२१-मा अन्तर्राष्ट्रिय पदार्पणपछि ३० वर्षीय विलियम्सले २ वटा टेस्ट, ४ वटा वनडे र ११ वटा टी२० इण्टरनेशनल म्याचमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका छन्। उनी ५० लाख रुपियाँको आधार मूल्यमा दिल्ली क्यापिटल्समा सामेल भएका छन्। दिल्ली क्यापिटल्सले आफ्नो बयानमा भनेको छ, इण्डियन प्रीमियर लीग २०२४-को रहल म्याचहरूका निम्ति ईंग्ल्याण्डका हेरी ब्रूकको स्थानमा दक्षिण अफ्रिकी पेस बलर लिजाड विलियम्ससँग अनुबन्ध गरेको छ। दिल्ली क्यापिटल्सले ४ करोड़ रुपियँमा ब्रूकलाई लिलामीमा खरीद गरेको थियो तर फरवरीमा आफ्नी बोजुको निधनपछि उनले टुर्नामेण्टबाट हट्ने फसेला गरेका थिए।









