दरामदिनलाई उद्यामी समष्ठी बनाउने एमएन शेर्पाले दिए बचन

IMG-20240408-WA0215.jpg

साेरेङ: आगामी पाँच वर्षमा दरामदिन समष्टिलाई उद्यमी समष्टि बनाउने लक्ष्य लिएर काम गर्ने एसकेएम उम्मेदवार एवं निवर्तमान विधायक एमएन शेर्पाले प्रण गरेका छन्। दरामदिन समष्टिका हरेक युवाहरुलाई एउटा-एउटा क्षेत्रका सक्षम उद्यामी बनाउन अभिप्रेरित गर्ने बताए। दरामदिन क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि अपार सम्भावना रहेको क्षेत्र भएको हुँदा स्थानीय युवाहरूलाई पर्यटन उद्योगतर्फ प्रोत्साहित गर्ने काम निरन्तर काम गर्ने पनि जानकारी गराए।

निवर्तमान विधायक शेर्पाले भने, “पार्टी अध्यक्ष पीएस गोलेको नेतृत्वमा एसकेएम सरकार गठन भएपछि सिक्किममा शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ। ठूल्ठूला दीर्घकालीन पूर्वाधारको निर्माण कार्य सँगसँगै आमजनतालाई आवश्यक सुविधा र सहुलियत दिने काम सरकारले गरेका छन्। बेरोजगार युवक-युवतीलाई सरकारी नोकरी, अस्थायी कर्मचारीहरुलाई चार वर्षमै स्थायी गरिने एसकेएम सरकारको पोलिसीले वर्षौं अस्थायी रूपमा कार्यरत कर्मचारीहरुलाई राहत पुगेको छ। बिमारीहरुलाई त एसकेएम सरकारले जत्तिको कसैले नहेरेको शेर्पाले दावी गरे। उम्मेदवार शेर्पा मिडल रुम्बुकमा आयोजित ब्लक स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै थिए। उनले दोदकमा वृन्दावन धाम, दरामदिनमा स्वर्ग जाने सिढी र दरामदिनमा महात्मा गान्धी विश्वविद्यालय जस्ता दीर्घकालीन पूर्वाधारहरु निर्माण गरेर एसकेएम सरकारले जनताको मागलाई सम्बोधन गरेको पनि उनले बताए। सुनौलो सिक्किम र समृद्ध सिक्किमको निर्माणका निम्ति एसकेएम पार्टीका विधानसभा र लोकसभा उम्मेदवारलाई भारी मतले विजयी बनाउने सोच बनाइसकेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *