एनआरसी लागूबारे केन्द्रीय मन्त्रीलाई लश्कर-ए-तैयबाको धम्कीपूर्ण  पत्र

NRC

कोलकाता: देशमा एनआरसी लागू गर्ने बारे चर्चा भइरहेको छ। यसैबीच, एनआरसीको समर्थन पनि भइरहेको छ भने अर्कोतिर विरोध पनि भइरहेको छ। केन्द्रीय मन्त्री शान्तनु ठाकुरलाई एनआरसीलाई लिएर धम्कीपूर्ण पत्र आएको समाचार छ। समाचारअनुसार,  यो पत्र आतंकवादी संगठन लश्कर-ए-तैयबाले जारी गरेको बताइएको छ। केन्द्रीय मन्त्रीले पाएको यो पत्र बंगला भाषामा लेखिएको उक्त पत्रमा एनआरसी लागू भए जलाउने धम्की दिइएको छ।

केन्द्रीय मन्त्री तथा भाजपा नेता शान्तनु ठाकुरले सोमबार आतंकवादी संगठन लश्कर-ए-तैयबाले पश्चिम बंगालमा राष्ट्रिय नागरिकता दर्ता (एनआरसी) लागू गरेमा यसले जलाउने धम्की दिएर एउटा पत्र पठाएको दाबी गरे। सो कथित पत्रमा एनआरसी लागू भएपछि मुस्लिमहरूलाई उत्पीडन भएमा मतुआ समुदायको तीर्थस्थल ‘ठाकुरबाडी’ भत्काइदिने धम्की पनि दिइएको छ। केन्द्रीय राज्यमन्त्री ठाकुरले पत्रकारहरूलाई भने, ‘यो पत्र पाउँदा म स्तब्ध छु। यस विषयमा मैले मेरो विभागलाई जानकारी गराएको छु।‘ यस सम्बन्धमा बोनगाउँ जिल्लाका पुलिसमा मन्त्रीबाट अहिलेसम्म औपचारिक उजुरी नपाएको समाचारमा बताइएको छ। यस पत्रमा हस्ताक्षर गर्नेहरूले आफूहरू पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा रहेको लश्कर-ए-तैयबाका सदस्य भएको दाबी गरेको समाचारमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement