नेपाली सेनाले सगरमाथाको फोहोर सफा गर्ने

received_1597141997797827

झापा, भद्रपुर (नेपाल): नेपाली सेनाले सगरमाथा र अन्य चुचुरो आरोहणका क्रममा आरोहीहरूले छोडेको करिब १० टन फोहोर सफा गर्न पुनः पर्वतारोही टोली पठाउने र पाँच आरोहीको शव फिर्ता ल्याउने घोषणा गरेको छ। नेपाली सेनाले सन् २०१९ देखि ‘पहाड सफाई अभियान’ शुरु गरेको हो। सफा गरिएको फोहोरलाई बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल अनुरुप छुट्टाछुट्टै फाल्ने गरिन्छ।  यही महिनाको ५ तारिखसम्म यस वसन्त आरोहण सिजनमा नेपालका १५ वटा हिमाल आरोहणका लागि २६४ पर्वतारोहीलाई अनुमति दिइएको र तीमध्ये १३० जनालाई नेपालको तर्फबाट सगरमाथा आरोहण गर्न अनुमति दिइएको नेपाल पर्यटन विभागले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *