राज्य सरकार कुल देउता हो र केन्द्र सरकार चाहिँ मूल देउता हो: अनित थापा

IMG-20240408-WA0178.jpg

खरसाङ: हाम्रो सांस्कृतिक मान्यता अनुसार कुल देवता र मूल देवता भए झैं राज्य सरकार कुल देउता हो र केन्द्र सरकार चाहिँ मूल देउता हो। हामीले मूल देउतालाई खुसी पार्नु अघि कुल देउतालाई पहिला खुसी राख्नु पर्छ भनी जीटीए प्रमुख एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आज पानीघट्टामा पत्रकारहरूलाई सम्बोधन गर्दै बताएका छन्। उनले यस विषयमा भने, ‘हामीले जहिले पनि कुल देउता बिचक्याउने काम गर्यौ। यसपाली चाहिँ हामीले कुल देउतालाई खुसी पारौं। मैले मूल देवता चाहिन्दैन भनेको छुइन। चाहिन्छ तर पहिला कूल देवतालाई खुशी पार्नु भनेको हो।”
पानीघट्टामा एक पूजामा सामेल हुन पुगेका अनित थापालाई पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, ‘मलाई पूजामा बोलाएको कारणले आएको हुँ र यसमा कुनै राजनीति छैन। सबैतिर राजनीति हुँदैन र म मानवताको हिसाबमा पूजामा सामेल हुन आएको हो। अहिले चुनावको माहोल छ र मैले जनताबाट राम्रै रेस्पोन्स पठाउँदैछु।”
दार्जिलिङ नगरपालिकाको वार्ड पार्षदिकाहरू भाजपामा गएको विषयमा सोधिएको प्रश्नको उत्तरमा अनित थापाले भने, आफ्नो लिडर कमजोर हुँदा साथै आफ्नो लिडरबाट आस्था र भरोसा टुट्दा अर्को पार्टीमा गएको होला। तर अर्को पार्टीमा गयो भन्दैमा नराम्रो भनिहाल्नु राम्रो होइन।’
अनित थापाले एक प्रश्नको उत्तरमा भने, पहाड़को राजनैतिक सिस्टम नै एका अर्कालाई आरोप प्रत्यारोप गर्नु हो तर मैले यो सिस्टम परिवर्तन गर्न चाहेको हो। म पहाड़लाई विकसित बनाउन भिजनको लिएर अघि बढ्दै जनतालाई भोट माग्दैछु। तर अरुलाई गाली गरेर भोट माग्नु असल होइन। पहाड़को यो सिस्टम परिवर्तन गर्न निस्केको हो।’
अनित थापाले अझ भने, ‘चुनावको समयमा मात्र गोर्खाल्याण्ड भनेर हुँदैन। चुनावको समयमा मात्र कति लिलामी गर्ने गोर्खाल्याण्ड शब्द?’
उनले देशको प्रधानमन्त्रीको चुनावको मुख्य मुद्दा नै देशको विकास गर्नु रहेको हुन्छ अनि मुख्यमन्त्रीको मुख्य मुद्दा भनेको राज्यको विकास गर्नु हुन्छ। तर हाम्रो मुद्दा विकास किन हुन सक्दैन भनी प्रश्न गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *