सुगन्धित कालो चामल ‘चक हाओ’ लोकप्रिय बन्दै

Black-Rice

इम्फाल(मणिपुर): सुगन्धित कालो चामल ‘चक–हाओ’प्रति मानिसको आकर्षण बढ्दै गएको छ। सुगन्धित कालो चामल ‘चक–हाओ’को माग लगातार बढिरहेको छ। मणिपुरले हिजो फेरि ५ मेट्रिक टन (एमटी) कालो सुगन्धित चामल केरला पठाएको छ। उक्त परिमाणको खेप केरलामा कृषि विभाग र आर्थिक तथा संसाधन विकास संगठन (ईआरडीओ)द्वारा चिङ्मेइरोङको फ्रेशिजफ्रेस, नहाकपाम फूड एण्ड बेभरेजबाट पठाइएको थियो। यसबाहेक २० मेट्रिक टन चक हाओ छिट्टै युरोपमा निर्यात गर्न सकिनेछ।

नहकपाम शान्त, सचिव, ईआरडीओ र एक उद्यमीले भने, ‘ईआरडीओ, संगाईल्याण्ड फार्मर्स प्रोड्यूसर कम्पनी र इम्फाल वेस्ट फार्मर्स प्रोड्यूसर कम्पनीको सामूहिक प्रयासले चक-हाओलाई सफलतापूर्वक अन्य राज्यहरूमा निर्यात गर्न सकिन्छ। यस वर्ष खेती गरिएको चकहाओ गुणस्तरीय भएकोले प्रदेश र युरोप बाहिर निकासी गर्दा बढी मूल्य लिन सकिने उनले बताए, इआरडीओले चकहाओ खेती गर्नेलाई पर्याप्त आम्दानी गर्न सघाएको उनले बताए। उनले २० मेट्रिक टन चक हाओ युरोप पठाउने तयारी भइरहेको बताए। कार्यक्रममा कृषि विभागको मिसन अर्गानिक भ्यालु चेन डेभलपमेन्ट फर नर्थ इस्ट रिजन (एमओभीसीदी-एनईआर)का परियोजना अधिकृत डा. केएच निमाइचन्दले चक हाओ खेतीमा गुणस्तर कायम गर्न किसानहरूलाई सुझाव दिए। यस वर्ष राज्यले चक हाओको राम्रो बजार पाएको छ। हाल राज्यका करिब ४–५ जना उद्यमीले चक हाओ प्रदेश र देश बाहिर निकासी गर्नसक्ने भएकाले चक हाओ खेती किसानको आम्दानी बढाउन राम्रो स्रोत हुनसक्ने उनको भनाइ छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *