पोख्रेबुङ नागरी समष्टिमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा चुनाव प्रचार

IMG-20240408-WA0174.jpg

दार्जीलिङ: गढी मन्दिर नागरीमा पूजा आर्चना गरी गोरामुमो अध्यक्ष मन घिसिङद्वारा आज दोस्रो दिन गोरामुमो पोख्रेबुङ नागरी समष्टिमा चुनाव प्रचार गरेका छन्। पोख्रेबुङ बजारमा र्‍यालीको साथमा भाजपा प्रार्थी राजु विष्टलाई जिताउनको निम्ति पोख्रेबुङ बजारका जनताहरुसंग भेटघाट गरे। यसै क्रममा समष्टिका विभिन्न शाखा प्रशाखाहरुको जनताहरुसंग भेटघाट गरी अध्यक्ष मन घिसिङद्वारा सम्बोधन गर्दै जातिको मुद्दालाई पार लगाउन राजु विष्टलाई बिजयी गराउनु पर्ने अपिल गरे। पार्टीको निम्ति होइन तर जातिको मैले कार्य गरिरहेको छु। भारत सरकारसंग सहकार्य गरेर मैले गोर्खा जातिको निम्ति राजनैतिक समाधान सुनिश्चित होस् भन्ने मैले सबै कुरा पस्किदिएको छु। हामी अब समाधानको नजिक छौं। अब गल्ती गर्नु हुँदैन। मैले पहिलादेखि नै भन्दै आएको छु। सम्झाउँदै आएको छु। जातिको उन्मुक्तिभन्दा अरु कुरा मेरो विषय बस्तु होइन। राजु विष्टलाई तपाईंहरुले आशिर्वाद दिएर मुद्दा पार लगाउन एउटा बलियो पुलको निर्माण गर्नुपर्छ। तपाईं हाम्रो गोर्खे छोरा हो। चुनाव आउँछ जान्छ तर जाति हार्नु हुँदैन। यसै क्रममा गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी प्रवक्ता तरुण राईले अध्यक्ष मन घिसिङको भ्रमणले समष्टिमा उर्जा आएको छ। समष्टिद्वारा अध्यक्ष मन घिसिङ लगायत सम्पूर्ण टोलीलाई पोख्रेबुङ नागरी समष्टिमा स्वागत जनाउँदछौं। जातिको मुद्दालाई पार लगाउन समष्टिले राजु विष्टलाई भारी मतले जिताउनेछौं।

अध्यक्ष मन घिसिङले नि:स्वार्थ भावनाले गोर्खा जातिको मुद्दा पार लगाउन जुन कार्य गरिरहेका छन् हामी युवाहरु सदैव उनको साथमा रहनेछौं। हाम्रो मुद्दा झोडा नालाको होइन। यसैकारण गोर्खा जातिको निम्ति अध्यक्ष मन घिसिङले बौद्धिक लडाई लडिरहेका छन्। सम्पुर्ण गोर्खा जाति एक भएर हाम्रो बौद्धिक लडाईलाई साथ दिएर राजु बिष्टलाई तपाईंहरुको बहुमुल्य भोट दिएर बिजयी बनाउनु होस् भनी तरुण राईले अपिल गरेका छन्। आजको चुनाव प्रचार अभियानमा केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, केन्द्रीय समिति प्रवक्ता वाई लामा समष्टि अध्यक्ष निगम कार्की गोरानासं, गोरायुमो लगायत पार्टीका कार्यकर्ताहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement