चुनावको बेला मात्र गोर्खाल्याण्ड भनेर हुँदैन कारण चुनाव गोर्खाल्याण्डसम्म पुग्ने एक मात्र माध्यम होइन: किशोर प्रधान

IMG-20240408-WA0167.jpg

सोनादा: पूर्व निर्धारित कार्यक्रम अनुसार गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले घुमदेखि जोरबंगलो हुँदै सोनादासम्म पर्चा वितरण गरेका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधानको अगुवाईमा जनतालाई गोर्खाल्याण्ड विषयमा बुझाउँदै सोनादासम्म आईपुगेका थिए। गोर्खाल्याण्ड विषयमा जनतालाई जागरूक बनाउन पर्चा वितरण गर्दै सोनादा आईपुगेका गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै चुनाव गोर्खाल्याण्डसम्म पुग्ने एक मात्र माध्यम होइन तर य नीतिगत कुरा हो भनी बताएका छन्। उनले विगत २८ महिनादेखि गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले निर्धारण गरेको नीति र सिध्दान्तहरूभित्र रहेर कार्य गरिरहेछ अनि यो समूह वैज्ञानिक र सिध्दान्त आधारित समूह हो भनी बताएका छन्।

पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा किशोर प्रधानले भने, ‘यो चुनावलाई हामीले गोर्खाल्याण्डको संघर्षको लागि वैचारिक मार्ग निर्धारण गर्ने अवसरको रूपमा लिनुुपर्छ भनेर भनिसकेका छौं। भारतको चारैतिर चुनावको उत्सव चलिरहेछ तर केवल दुईवटा स्थानमा चुनावको प्रभाव कम छ त्यसमा दार्जीलिङको गोर्खाहरू र लद्दाखको लद्दाखीहरू। हामी दुवै पहाड़ी क्षेत्रमा बस्छौं। पहाड़को सुन्दरताभित्र बस्छौं। हामीलाई चुनावको प्रभाव छैन। चुनावमा राजनीतिक कुरा मात्र हुन्छ जुन विगतमा पनि भन्दै आएको हो। तर हामी भन्छौं चुनावको बेला मात्र गोर्खाल्याण्ड भनेर हुँदैन।’

किशोर प्रधानले अघि भने, ‘नेताहरूले गोर्खाल्याण्डको लागि चिन्हारीको लागि भोट हाल्नु भन्छ तर जनताले हुँदैन भन्दैछ। तर विकल्पको मार्ग तयार छैन। हामी भाजपाको पैसा लिएर तृणमूलको पैसा लिएर गाउँ गाउँमा पुगेर जनतालाई विकल्पको मार्ग तयार गर्न सक्ने थियौं होला। तर त्यो अस्थायी हुन्छ। त्यसले गोर्खाल्याण्डसम्म लानु सक्दैन। हामी गोर्खाल्याण्ड बुझाउन जनतासम्म पुगिरहेका छौं। हामीसित मिडिया छैन। जनता पनि छैन। तर हामी पछाड़ी इमान्दार शुभचिन्तकहरू छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement