मानसिक रुपमा विचलित भएका व्यक्तिले यात्रुलाई ढुंगा प्रहार गरी बनाए घाइते

राजगञ्ज: साइकलमा घर जाँदै गरेका एक व्यक्तिलाई मानसिक रूपमा विचलित भएका व्यक्तिले ढुङ्गा हानेर गम्भीर घाइते बनाएका छन्। घटना आइतबार राति साहुडाँगी–अम्बाडी प्रदेश सडकको नहर मोड क्षेत्रमा भएको हो। घाइतेको नाम मजरुल मोहम्मद (३८) हो। उनी राजगञ्जको मन्तडारी गाउँका बासिन्दा हुन्। स्थानीय स्रोतका अनुसार मजुल मोहम्मद साइकलमा अम्बाडीतर्फ गइरहेका थिए। त्यसपछि साहुडाँगी नजिकैको नहर मोड क्षेत्रमा एक मानसिक विचलित व्यक्तिले सडकको छेउमा ढुंगाले प्रहार गरेका थिए। जसका कारण व्यक्ति सडकमा खसेर टाउकोमा गम्भिर चोट लागेको थियो। व्यक्तिको चिच्याएको सुनेर स्थानीयवासीले घटनास्थल पुगेर मानसिक विचलित व्यक्तिलाई समातेका थिए। पुलिसले घाइतेलाई उद्धार गरी फुलबारीस्थित निजी अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement