सिलगढी: सिलगढीमा गांजा तस्करीको आरोपमा दुई युवा पक्राउ परेका छन्। अभियुक्तहरुको नाम तपस बर्मन र प्रदीप मोडक हुन्। उनीहरु दुबै कोचबिहारका बासिन्दा हुन्। आइतवार राति एनजेपी पुलिसलाई कोचबिहारको दिनहाटाका दुई जना गांजा लिएर सिलगढी आउँदै गरेको खबर प्राप्त भएको थियो।कोचबिहारबाट आएका दुई युवा नौकाघाट मोडमा ओर्लिएर मेडिकलतर्फ जान थाले। त्यसपछि एनजेपी थानाका सादा पोशाकका पुलिसले उनीहरुलाई घेरा हालेका थिए। खोजीका क्रममा दुई झोलाबाट करिब चार किलो गाँजा बरामद भएको छ। त्यसपछि दुवै पक्राउ परेका थिए। आरोपीहरूलाई आज जलपाईगुडी अदालतमा पेश गरियो।