माथाभाङ्गामा घरमा आगलागी, लाखौंको क्षति

कोचबिहार: माथाभाङ्गा १ नम्बर ब्लकअन्तर्गत हजाराहट २ ग्राम पञ्चायतको पश्चिम खतेरबारी क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। यो घटना आइतबार राति भएको बताइएको छ। खबर पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। तर, घरमा राखिएको नगद, सुनका गरगहना, जुट, धान जलेर नष्ट भएको छ। लाखौंको क्षति भएको परिवारको दाबी छ। सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement