मोण्टे कार्लो: भारतका टेनिस खेलाड़ी सुमित नागलले अझ एकपल्ट इतिहास रच्दै क्ले कोर्टमा खेलिने मोण्टे कार्लो मास्टर्स टेनिस टुर्नामेण्टको मुख्य ड्र-मा स्थान बनाएका छन्। उनी यस टुर्नामेण्टको मुख्य ड्र-मा स्थान पाउने ४२ वर्षमा पहिलो भारतीय हुन्। यसअघि यस टुर्नामेण्टमा खेल्ने रमेश कृष्णन अन्तिम भारतीय थिए। उनले १९८२-मा यस प्रतियोगितामा खेलेका थिए अनि पहिलो राउण्डमै हारेका थिए। विश्वका ९५औं नम्बरका खेलाड़ी सुमितले क्वालीफाईंग राउण्डको फाइनलमा विश्वका ५५औं नम्बरका अर्जेण्टिनाई खेलाड़ी डियाज अकोस्टालाई ७-५, २-६, ६-२-ले पराजित गरी मुख्य ड्र-मा स्थान बनाए। पहिलो सेटमा एक समय २-५-ले पछाड़िए पनि उनले असाधारण पुनरागमन गर्दै रहल सबै गेम जितेर ७-५-ले सेट आफ्नो नाम गरे। दोस्रो सेट गुमाएपछि निर्णायक सेटमा उनी फेरि फर्ममा फर्किए अनि जीत हासिल गरे। उनले मुख्य ड्र-को पहिलो राउण्डमा विश्वका ३५औं नम्बरका खेलाड़ी इटलीका माटियो अर्नाल्डी विरुद्ध खेल्नेछन्। म्याच जितेपछि नागलले सोशल मीडिया पोस्टमा लेखेका छन्, मोण्टे कार्लोको मुख्य ड्र-मा स्थान बनाएर रोमाञ्चित छु। म भारत र सम्पूर्ण विश्वबाट प्राप्त भएको समर्थन र शुभकामनाहरूलाई सराहना गर्छु। अघिल्लो चुनौतीको निम्ति तयार छु। उल्लेखनीय छ, नागलले सालको शुरुमा अष्ट्रेलियन ओपनको मुख्य ड्र-मा स्थान बनाएर इतिहास रचेका थिए। सालको पहिलो ग्राण्ड स्ल्याममा उनले पहिलो राउण्डमा जीत पनि हासिल गरेका थिए तर दोस्रो राउण्डमा चाहिँ उनले हारको सामना गर्नु परेको थियो।