मङ्पुको लाब्दा गुम्बामा निःशुल्क स्वास्थ्य जाँच साथै रक्तदान शिविर

photocollage_202284195112435.jpg

मङ्पुः आज मङ्पुमा निःशुल्क स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजना गरिएको थियो। मङ्पुको लाब्दा दोङ्ग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा आयोजना गरिएको थियो। उक्त शिविर नर्थ बङ्गाल मेडिकल कलेज ब्लड ब्याङ्क, लायन्स नेत्रालय सिलगढी, मुखर्जी नर्सिङ होम सिलगढी लगायत गोर्खा च्यारिटेबल अस्पताल, सिलगढी अनि हिमालयन वेलफेयर अर्गनाइजेसनको संयुक्त तत्वावधानमा गरिएको थियो।
सुकनाका समाजसेवी तथा गोर्खा च्यारिटेबल अस्पतालका सुरेन प्रधानले आजको शिविरमा विशेष सहयोग पुऱ्याएका थिए। मङपु लाब्दा दोङग छ्योलिङ गुम्बा सार्वजनिक बौद्ध गुम्बाका सभापति प्रकाश मोक्तान अनि सचिव सिठु मोक्तानले आज स्वास्थ्य जाँच अनि रक्तदान शिविरको आयोजना गर्नमा सहयोग पुऱ्याउने सुरेन प्रधान अनि सम्पूर्ण डाक्टर अनि कर्मचारीहरूलाई आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement