नाम्ची: मानव उत्थान सेवा समिति दक्षिण सिक्किम नाम्ची अनि सुम्बुक तहसीलको संयुक्त तत्वावधानमा नाम्ची स्थित श्री हंस कृति धाम आश्रममा परमाराध्य जगत जननी राज राजेश्वरी माताजीको ९४ औं जन्मजयन्ती पालन गरियो। समितिले ६ अप्रेललाई “मातृ दिवस”को रूपमा मनाउने गर्दछ। कार्यक्रमको प्रथम चरणमा माउसेस नाम्ची अनि सुम्बुक तहसीलको तत्वावधानमा माताजीको जन्म जयन्तीको उपलक्ष्यमा नाम्ची जिल्ला अस्पतालमा मेडिकल वार्डमा रहेका जम्मा ६० जना उपचाराधीन विमारीहरूलाई महात्मा सरला बाईजी, महात्मा चन्द्रकान्ति बाईजी र महात्मा वृन्दा बाईजीको उपस्थितिमा फल बिस्कुट जुस आदि वितरण गरियो। यसरी नै कार्यक्रमको दोस्रो चरणमा हंस कीर्ति धाम आश्रममा माताजीको जन्मजयन्तीको उपलक्ष्यमा “सदभावना सत्संग समारोह”को पनि आयोजना गरेको थियो। उक्त कार्यक्रममा नाम्ची तहसील प्रभारी महात्मा सरला बाईजी, सुम्बुक तहसील प्रभारी महात्मा चन्द्रकान्ति बाईजी र नाम्ची तहसील सह-प्रभारी महात्मा बृन्दा बाईजीले माताजीले भारत वर्षमा मात्र नभएर विदेशमा पनि मार्गदर्शन, आत्मा ज्ञानको प्रचार प्रसारमाथि प्रकाश पारेकी बताइन्। सत्तरको दसकमा मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव सतपालजी महाराजको विशेष उपस्थितिमा माताजीले उत्तर पूर्वाञ्चल क्षेत्रको सिलगड़ीमा हंसको बेल रोप्नु भएको थियो भने आज त्यो हंस परिवारको बेल बड़ेर लाखौंको संख्यामा मानव धर्मका अनुयायी रहेको जानकारी गराईन। यसबीच ईन्द्रमाया राई,चन्द्रकला राई,रूपामाया राई र मनमाया राईलाई समितिप्रति पुऱ्यायाएको कदर गर्दै सन्त महात्मागणको बाहुलीबाट अभिनन्दन गरियो। राजधानी गान्तोकमा सम्पन्न मिस किरवा खनुमा -2024 की उप -विजेता अक्षता राईलाई सन्त महात्माको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो।










