आरसीबी-को बराबरीमा पुग्यो मुम्बई इण्डियन्स

IMG-20240407-WA0201.jpg

मुम्बई: आईपीएल २०२४-मा दिल्ली क्यापिटल्स विरुद्ध म्याचमा आइतवार मुम्बई इण्डियन्सले २० ओभरमा ६ विकेटमा २३४ रन बनायो। यसको साथै मुम्बई इण्डियन्सले आईपीएलमा सर्वाधिकपल्ट २०० भन्दा अधिकको स्कोर बनाउने मामिलामा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को रेकर्डको बराबरी गऱ्यो। मुम्बई इण्डियन्स र आरसीबी-ले आइपीएलको इतिहासमा सर्वाधिक २४-२४ पल्ट २०० या त्यसभन्दा अधिकको स्कोर बनाएको छ। आईपीएलमा सर्वाधिकपल्ट २०० भन्दा अधिकको स्कोर बनाउने रेकर्ड चाहिँ चेन्नई सुपर किंग्स (२९ पल्ट)-को नाममा रहेको छ। यसबाहेक पञ्जाब किंग्सले २२ र कलकत्ता नाइट राइडर्सले २१ पल्ट २०० भन्दा अधिकको स्कोर बनाएको छ। मुम्बई इण्डियन्सले आज क्यापिटल्सका बलरहरूलाई शास्ती दिँदै अन्तिम ५ ओभरमा ९६ रन बटुल्यो। आईपीएलको इतिहासमा अन्तिम पाँच ओभरमा बनिएको यो दोस्रो सर्वाधिक रन हो। यस मामिलामा आरसीबी शीर्षमा छ, जसले २०१६-मा गुजरात लायन्स विरुद्ध बेंगलुरुमा अन्तिम ५ ओभरमा ११२ रन बनाएको थियो। मुम्बई इण्डियन्सले २०२३-मा पनि वानखेड़े स्टेडियममै पञ्जाब किंग्स विरुद्ध अन्तिम ५ ओभरमा ९६ रन बटुलेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement