खेलाड़ीहरूमा फर्म र आत्मविश्वासको कमी रहेको स्वीकार गरे फ्लावरले

IMG-20240407-WA0198.jpg

जयपुर: आईपीएल २०२४-मा पाँचवटा म्याच खेलेर चारपल्ट हार्ने रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-का मुख्य प्रशिक्षक एण्डी फ्लावरले जारी सीजनमा विराट कोहलीले असल खेलिरहेको भए पनि टीमका अन्य ब्याटरहरू फर्म र आत्मविश्वासको निम्ति जुझिरहेको स्वीकार गरे। शनिवार खेलिएको म्याचमा कोहलीले अविजित शतक बनाए पनि उनको टीमलाई राजस्थान रोयल्सले ६ विकेटले पराजित गऱ्यो। फ्लावरले भने, हामीले पाँचमा केवल एउटा म्याच जितेका छौं अनि कुनै पनि टीम यस्तो स्थितिमा रहन चाहँदैन। हाम्रो ब्याटिंगमा केही समस्या रहेको कुरा सही हो। कोहली असाधारण फर्ममा भए पनि अन्य खेलाड़ीहरू फर्म र आत्मविश्वासको निम्ति संघर्ष गरिरहेका छन्। खेलाड़ीहरूका मनोबल बढ़ाउन हामी हरसम्भव प्रयास गरिरहेका छौं। विपक्षी टीममाथि दबाउ सृष्टि गर्न खेलाड़ीहरूसँग फर्म र आत्मविश्वास हुनु जरूरी छ। हामीलाई त्यो फर्म अहिलेसम्म हासिल हुन सकेको छैन। म्याच जितेपछि राजस्थान रोयल्सका प्रशिक्षक शेन बण्डले चाहिँ भने, हामी निश्चित रूपले जोस बटलरको निम्ति खुशी छौं। हामीले शुरुवाती पार्टनरशीप बिना पनि म्याचहरू जितेको सबैलाई थाहा छ तर अब बटलर फर्ममा फर्किएका छन्। यसबाहेक जयसवालले पनि चाँड़ै फर्म हासिल गर्नेछन् कारण हामीले उनको खेल देखिसकेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement