भाजपा नेतृ अग्निमित्रा पलद्वारा टीएमसी सरकारको आलोचना

Agnimitra-Paul

कोलकाता: वर्तमान सांसद तथा लोकसभा उम्मेद्वार लकेट च्याटर्जीले राज्यमा सत्तारुढ दलका समर्थकमा गुण्डाहरूद्वारा हमला गरेको आरोप लगाएको एक दिन पछि भाजपाकी नेतृ अग्निमित्राले टीएमसी सरकारको आलोचना गरिन्। पलले आइतबार भनिन्, ‘यदि मुख्यमन्त्री ममता ब्यानर्जीले विपक्षी नेताहरूलाई धम्कीबाट पराजित गर्न सकिन्छ भन्ने सोच्छिन् भने, त्यो गलत होl’ यसअघि शनिबार लकेट च्याटर्जीले शिल्पी च्याटर्जीको नेतृत्वमा टीएमसीका समर्थकहरूले बाँसबेरियामा उनको गाडीमा हमला गरेको आरोप लगाएकी थिइन्। ‘हाम्रा नेताहरूलाई हमला गरेर, जनतालाई धम्की दिएर र हाम्रा पार्टी कार्यकर्ताहरू विरुद्ध झूटा मुद्दा दायर गरेर चुनाव जित्न सक्नुहुन्छ?’, आइतबार संचारमाध्यमसँग कुरा गर्दै अग्निमित्रा पलले भनिन्, ‘जब वामपन्थी सत्तामा थिए, उनीहरूले पश्चिम बंगालमा उनीहरूलाई कसैले पनि सत्ताबाट हटाउन सक्दैन भन्ने सोचेका थिए। तर बंगालका जनताले जुनसुकै बेला कसैलाई भोट दिन सक्छन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement