विकास रामुदामुको आफ्नै घरमा छतबाट लडेर असामयिक निधन

ramu.jpg

गान्तोक: पूर्व मन्त्री बीएम रामुदामुका छोरा विकास रामुदामुको आज अपरान्ह याङ्गाङस्थित आफ्नै घरमा छतबाट लडेर असामयिक निधन भएको छ। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पार्टीका वरिष्ठ नेताका छोराको निधिनको खबर सम्प्रेषण गर्नुपर्दा पार्टीलाई गहिरो दुःख लागेको बताएको छ।

सीएपी सिक्किमले विज्ञप्तिमा भनेको छ, ‘मृत्यु मानव जीवनको शाश्वत सत्य भएपनि कतिवटा अप्रत्याशित घटनाले समाजलाई विचलित पार्दछ। श्री रामुदामु सिक्किमे राजनीतिका एक अनुभवी औ अभिभावक व्याक्तित्व आज पुत्र शोकमा पर्नु भएको छ। सिटिजन एक्सन पार्टी सिक्किम यस बखत श्री रामुदामुको साथमा खडा छ।

सीएपी सिक्किमले यस भीषण परिस्थितिलाई सहन गर्ने ईश्वरको शक्ति मिलोस भन्दै दिवङ्गत आत्माप्रति चीर शान्तिको कामना गरेको छ। पार्टीले शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना पनि व्यक्त गरेको छ।

About Author

Advertisement