भिक्षुमाथि भद्रकालीमा पुलिसद्वारा लात्ती प्रहार!

IMG-20240407-WA0009

देवेन्द्र क्षेत्री

झापा, (नेपाल): सडकमा हिंड्दै गरेका बौद्ध भिक्षुमाथि पुलिसले  काठमाडौं स्थित भद्रकालीमा लात्ती प्रहार गरेको छ।  राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा पुलिस र प्रदर्शनकारीबीच झडप भएको थियो। सो क्रममा सडकमा हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि पुलिसले दुर्व्यवहार गरेको छ। पुलिसले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ। भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै यति खेर सो घटनालाई लिएर जोडतोडले आलोचना भइरहेको छ। बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी पुलिसले गरेको छ। प्रदर्शनमा संलग्न नै नभएका भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि पुलिस पक्षले जाँच अघि बढाएको छ। जिल्ला पुलिस परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले भने, ‘यो विषयमा अहिले जाँच भइरहेको छ। दोषी देखिएमा कारबाही हुन्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement