खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा घैयाबारीस्थित चुनाव कार्यालयमा सम्पन्न भएको छ। उक्त चुनावी सभा भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति राजु लामाको अध्यक्षता र समष्टीको सांगठनिक सचिव एंव प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, खरसाङ महकुमा समितिको सचिव एंव सभासद साथै खरसाङ खण्डको चुनाव प्रभारी प्रणाम रसाइली, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई र सभाध्यक्ष समष्टीको उपाध्यक्ष राजु लामा आदिले वक्तव्य राखेका थिए।

त्यसरी नै सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुका सभापति सचिवहरू र पञ्चायत समिति सदस्यहरू र पञ्चायत सदस्यहरूले पनि सम्बोधन गर्दै आफ्नो आफ्नो बुथको रिपोर्ट बुझाएका थिए। सभामा वक्ताहरूले बुथ अनुसार खट्नु पर्ने र भागोप्रमो समर्थित आफ्नो प्रार्थी गोपाल लामालाई जिताउने आह्वान् गरेका थिए भनी जानकारी प्राप्त भएको छ।










