नरबुङ चियाबारीमा भाजपाको चुनावी सभा साथै समर्थन सभा सम्पन्न

IMG-20240407-WA0183.jpg

खरसाङ: भारतीय जनता पार्टीको तीनधारे महानदी मण्डल अन्तर्गत नरबुङ चियाबारीमा चुनावी सभा र समर्थन सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त सभा भाजपा तीनधारे महानदी मण्डलको सभापति उमेश प्रधानको तत्परतामा सम्पन्न भएको र यस सभामा भाजपा उत्तर बंगालक संयोजक मनोज देवान, दार्जिलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधान सभा समष्टीको प्रभारी आरबी लामा, तीनधारे महानदी मण्डलको सचिन दिपराज माझी, मण्डल सदस्य अशोक लामा, जितेन गजमेर लगायत मण्डलको सिपाहीधुरा, नरबुङ क्षेत्रका पार्टी कार्यकर्ताहरु उपस्थित रहेका थिए। सभालाई पञ्चायत सदस्य अजय विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा आगामी लोकसभा चुनावमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टलाई जिताउन आह्वान् गरिएको छ। यसै सभामा नरबुङ चियाबारी क्षेत्रबाट भारतीय जनता पार्टीमा सामेल भएका थिए। सभापछि भारतीय जनता पार्टीको टोली तीनधारे महानदी मण्डलको गिताङ्गे चियाबारीमा पुगेर वृध्द दम्पतिलाई भेटघाट गरेको जानकारी भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको सभापति उमेश प्रधानले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement