मेन्स क्रिकेट प्रतियोगितामा पाकिम एकादस विजयी

IMG-20240407-WA0203.jpg

गान्तोक: रम्फूस्थित क्रिकेट खेल मैदानमा गत १९ मार्चदेखि शुरू भएको सिनियर मेन्स क्रिकेट प्रतियोगिताको फाइनल आज सम्पन्न भयो। यस प्रतियोगिताको फाइलन खेल क्रिकेट एसोसिएशन अफ् ताथाङचेन बनाम पाकिम एकादशबीच सम्पन्न भएको थियो। आजको यस फाइनल खेलमा पाकिम एकादशले किक्रेट एसोसिएशम अफ् ताथाङचेनलाई पराजित गर्दै ट्रफी आफ्नो टोलीको नाममा दर्ता गर्न सफल भएको छ। यस प्रतियोगिताबारे वोल्दै सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टिका सुब्बाले सिक्किम क्रिकेट एसोसिएसनले छोटो अवधिमा ठूलो विकास गर्न सफल बनेको दावी गरे। हाल राज्यमा एक मात्र क्रिकेट खेल मैदान भएकोले केही समस्या उत्पन्न भएको तर भविष्यमा सिक्किम राज्यमा धेरै वटा क्रिकेट खेल मैदानको निर्माण हुन सक्ने उनले सम्भावना व्यक्त गरे। यसरी नै आगामी 9 अप्रेलदेखि महिला क्रिकेट प्रतियोगिता आयोजना गरिने सुब्बाले जानकारी गराए। आजको यस खेलमा म्यान अफ् द म्याच पाकिम एकादशका खेलाडी प्रविन कुइकेल घोषित गरियो भने प्लेयर अफ् द म्यार भाष्करलाई घोषित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement