मतदाताहरूलाई सचेत गराउन वाकाथन आयोजित

n598288150171249986899073cdcbcdcd61189faf6131c6302e21b033cf5c9ff7890d15a054702f6336446d.jpg

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत सञ्चालित विभिन्न विद्यालयका एनएसएस र एनसीसीका विद्यार्थीहरूले एसभीईईपीलाई लिएर सचेतना गराउने उद्देश्यले वाकाथनमा सहभागिता जनाए। यस कार्यक्रमलाई जिल्लापाल एम. भरानी कुमारले झण्डा हल्लाएर प्रस्थान गराएका थिए। उक्त वाकाथनमा एकसय भन्दा अधिक विद्यार्थी साथै शिक्षकवर्गले सहभागिता जनाएका थिए। विशेष गरेर गेजिङ जिल्लामा आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउमा सबै मतदाताहरूले सय प्रतिशत मतदान गरोवस् भन्ने उद्देश्यले वाकाथन ऱ्याली आयोजना गरियो।

यसै क्रममा अतिरिक्त जिल्लापाल परि विष्नोइले शहर बजारमा यस भन्दा अधि मतदान सबै भन्दा कम भएको उल्लेख गर्दै यस प्रकारको ऱ्याली आयोजना गरेर मानिसहरूलाई मतदान गर्नमा प्रोत्साहित गरिएको बताइन्। उनले आज यस वाकाथन ऱ्यालीमा सहभागी बन्नेहरूलाई शहर बजारमा पुगेर त्यहाँका मानिसहरूलाई मतदान गर्न आग्रह गर्नुपर्ने सुजाउ दिएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *