नाम्ची: आगामी १९ अप्रेलको दिन लोकसभा र विधानसभा चुनाउको निम्ति हुने मतदानलाई ध्यानमा राख्दै मानिसहरूमा सुरक्षा र विश्वासको भावना जगाउन सुरक्षा बलहरूले शनिवार विशेष रुट मार्च निकाल्यो। नाम्चीको वरिष्ठ पुलिस अधीक्षक डा. छिरिङ नामग्याल ग्याछोले अगुवाई गरेको रुट मार्च सालघारी, आसाङथाङ र फारसे क्षेत्रमा निकालिएको बताइएको छ।
टोलीमा जोरथाङका एसडीपीओ शेर मिङ्ग्युर टेम्पो नाडिक, पुलिस निरीक्षक बिसन राई तथा सीएपीएफ, एसएसबी र सिक्किम पुलिसका जवानहरू सामेल थिए। यस क्रममा गाउॅंको पेट्रोलिङ पनि गरिएको थियो।
वरिष्ठ पुलिस अधीक्षक ग्याछोले जिल्लाभरि नियमितरूपमा रुट मार्च निकाल्ने काम जारी रहेको बताए। उनले चुनाउको समयमा कानून-व्यवस्था सुनिश्चित गर्न र शान्ति कायम राख्न रुट मार्च निकालिएको बताए।