माइक्रोसफ्टले गरायो सतर्क: चीनले चुनावमा एआईद्वारा प्रभाव पार्नसक्ने  

Cyber-Crime-copy

नयाँ दिल्ली: चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उत्पन्न सामग्री प्रयोग गरेर भारत, अमेरिका र दक्षिण कोरियाको आगामी चुनावलाई प्रभाव पार्नसक्नेबारेमा माइक्रोसफ्टले सतर्क गराएको छ। माइक्रोसफ्टको यो सतर्कता चीनले ताइवानको राष्ट्रपति चुनावको समयमा परिणामलाई प्रभाव पार्न परीक्षणको आधारमा एआई प्रयोग गरेपछि आएको हो। उल्लेखनीय छ, विश्वका कम्तिमा ६४ देशमा आम निर्वाचन हुन लागेको छ। विश्व जनसंख्याको करिब ४९ प्रतिशत यी देशहरूमा बस्छन्। माइक्रोसफ्टको साइबर थ्रेट इन्टेलिजेन्स टोलीका अनुसार चीन समर्थित साइबर समूहले उत्तर कोरियाको सहयोगमा २०२४ मा हुने धेरै चुनावलाई लक्षित गर्नसक्छ। चीनले आफ्नो पक्षमा जनमतलाई प्रभाव पार्न एआईउत्पन्न सामग्री प्रयोग गर्नसक्छ।

माइक्रोसफ्टले आफ्नो विज्ञप्तिमा यो वर्ष विश्वभर विशेषगरी भारत, दक्षिण कोरिया र अमेरिकामा आम निर्वाचन भइरहेको जनाएको छ। माइक्रोसफ्टका अनुसार, मूल्याङ्कन यो छ कि चीनले कम्तिमा पनि आफ्नो हितको लागि एआईसामग्री सिर्जना र विस्तार गर्नेछ। माइक्रोसफ्टले बेइजिङ समर्थक समूह, जसलाई स्टर्म १३७६ या स्पमौफ्लेज भनिन्छ, ताइवानको चुनावमा विशेष रूपमा सक्रिय रहेको बताएको छ। समूहले नक्कली अडियो समर्थन र मेम्ससहित एआई प्रयोग गरी सामग्री फैलाएको थियो। जसको उद्देश्य केही उम्मेदवारहरूलाई बदनाम गर्नु र मतदाताको धारणालाई प्रभावित पार्नु थियो। एआई प्रविधि प्रयोग गरेर झुटा सामग्री सिर्जना गर्न सकिन्छ, जसमा डीपफेकवा कहिल्यै नभएका घटनाहरू समावेश छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement