रेकर्ड शतकपछि पनि कोहलीको मुहारमा निराशा

IMG-20240407-WA0136.jpg

जयपुर: जयपुरको सवाई मानसिंह स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-का विराट कोहलीले आफ्नो सबैभन्दा खराब औसत (२१)-बाट मुक्ति पाए। उनले राजस्थान रोयल्स विरुद्ध आईपीएल २०२४-को म्याचमा शतक बनाए। यो उनको आईपीएलमा आठौं शतक हो। यो कोहलीको फ्रेञ्चाइजी आरसीबी-को १८औं शतक थियो। यसको साथै पुरुष टी२० क्रिकेटमा कुनै एउटा टीमको निम्ति सर्वाधिक व्यक्तिगत शतकको मामिलामा आरसीबी शीर्ष स्थानमा पुग्यो। टी२० क्रिकेटमा सर्वाधिक शतक बनाउने टीमहरूका सूचीमा आरसीबी-पछि भारत (१७), पञ्जाब किंग्स (१४), राजस्थान रोयल्स (१४) र समरसेट (१३) रहेको छ। यतिमात्र नभएर शनिवार राति कोहलीको नाममा आईपीएलको इतिहासमा सबैभन्दा धीमा शतकको रेकर्ड पनि जोड़िन पुग्यो। राजस्थान रोयल्स विरुद्ध कोहलीले ६७ बलमा शतक बनाए। यसरी उनी आरसीबी-कै मनीष पाण्डेको बराबरीमा पुगे। मनीषले २००९-मा डेक्कन चार्जर्स विरुद्ध ६७ बलमा शतक बनाएका थिए। यसबाहेक सचिन तेन्दुलकरले २०११-मा, डेविड वार्नरले २०१०-मा अनि जोस बटलरले २०२२-मा ६६-६६ बलमा शतक पुरा गरेका थिए। शनिवार राति कोहलीले आफ्नो पहिलो ६७ रन त केवल ३९ बलमा बनाएका थिए तर त्यसपछि अघिल्लो ३३ बलमा केवल ४६ रन बनाउन सके। यसले गर्दा आरसीबी-ले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउन सकेन। आईपीएलमा सर्वाधिक शतक बनाउनेहरूका सूचीमा अहिले कोहलीको नजिक कोही पनि छैनन्। यस सूचीमा क्रिस गेल ६ वटा शतकको साथ दोस्रो स्थानमा छन्। यसरी जोस बटलर (५) तेस्रो स्थानमा रहेका छन्। केएल राहुल, वार्नर र शेन वाट्सनले पनि आईपीएलमा ४-४ वटा शतक बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement