डागरको महँगो ओभरले गर्दा दबाउ सृष्टि भएको स्वीकार गरे आरसीबी-का कप्तान डू प्लेसिसले

IMG-20240407-WA0127.jpg

जयपुर: विराट कोहलीले शतक बनाए पनि आईपीएल २०२४-को १९औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले राजस्थान रोयल्स विरुद्ध ६ विकेटले हारको सामना गर्नु पऱ्यो। आरसीबी-ले पहिला ब्याटिंग गर्दै ३ विकेटमा १८३ रन बनायो तर ओपनर जोस बटलरको अविजित शतकको सहायताले होम ग्राउण्डमा खेलिरहेको राजस्थान रोयल्सले लक्ष्यलाई सजिलै हासिल गऱ्यो। म्याच हारेपछि आरसीबी-का कप्तान फाफ डू प्लेसिसले भने, मलाई पहिलो ईनिंग्समा हामीलाई मुश्किल विकेट प्राप्त भएको जस्तो लाग्यो। मलाई स्कोर १९०-सम्म पुग्ने लागेको थियो तर उनीहरूका स्पिनरहरूले (बीचका ओभरहरूमा) असल बलिंग गरे। यस मैदानमा पहिला बलिंग गर्ने फसेला असल थियो कारण शीतले गर्दा दोस्रो ईनिंग्समा ब्याटिंग गर्नु सजिलो भयो। कोहलीले एक प्रान्तमा असल ब्याटिंग गरे अनि ग्रीन जस्ता खेलाड़ीबाट टीमलाई अन्तिम ओभरहरूमा तेज रनको आशा हुन्छ। हामीले सक्दो प्रयास गऱ्यौं तर स्पिनरहरू विरुद्ध आक्रामक शट्हरू खेल्नु मुश्किल थियो। तुलनामूलक रूपले सीमर्स विरुद्ध खेल्नु सजिलो थियो। पीच समयको साथ असल भयो अनि बलर असल तरिकाले स्किड गरिरहेको थियो। पहिलो चार ओभरमा हामीले असल प्रदर्शन गऱ्यौं।

डू प्लेसिसले भने, हामीले प्रयास गरिरहेका थियौं तर त्यो २० रन (मयंक डागरको)-को ओभरले म्याच हातबाट उम्कियो अनि हामी दबाउमा पऱ्यौं। ग्लेन म्याक्सवेललाई बलिंग नगराएको विषयमा उनले भने, सबै दाहिने हातका ब्याटरहरू खेलिरहेका थिए। यसैकारण देब्रे हातका स्पिनरका साथ शुरुवात गऱ्यौं। हामीलाई विकेटको आवश्यकता थियो। जयसवाललाई शुरुमै आउट गरेपछि हामीलाई म्याक्सवेललाई बलिंग गराउने आवश्यकता अनुभव भएन। यसबाहेक हाम्रो फील्डिंग पनि औसत रह्यो।

म्याचको कुरा गर्दा जयपुरको सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ३ विकेट गुमाएर १८३ रन बनायो। कोहलीले आईपीएलमा आफ्नो आठौं शतक बनाए। उनले ७२ बलमा १२ वटा चौका र चारवटा छक्काको साथ अविजित ११३ रन बनाए। कोहली र कप्तान डू प्लेसिसले मिलेर पहिलो विकेटको निम्ति १४ ओभरमा १२५ रनको पार्टनरशीप गरे पनि टीमले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउन सकेन। रोयल्सका बलरहरूमा युजवेन्द्र चहलले सर्वाधिक २ विकेट लिए। त्यसपछि रोयल्सले ओपनर जोस बटलरको अविजित १०० रनको सहायताले १९.१ ओभरमा ४ विकेटमा १८९ रन बनाएर म्याच जित्यो। यशस्वी जयसवाल (शून्य)-लाई पहिलो ओभरमै गुमाएपछि बटलर र कप्तान सञ्जु सेमसन (६९ रन)-ले मिलेर दोस्रो विकेटको निम्ति १४८ रनको पार्टनरशीप गरी टीमलाई जीतको नजिक पुऱ्याए। सेमसनले ४२ बल खेलेर ८ वटा चौका र २ वटा छक्का लगाए। त्यसपछि रियान पराग (४) र ध्रुव जुरेल (२) आउट भएपछि बटलरले शिमरोन हेटमायर (अविजित ११)-सँग मिलेर टीमलाई जीत दिलाए। छक्काको साथ म्याच जिताउने बटलरले ५८ बल खेलेर नौवटा चौका र चारवटा छक्का लगाए। म्याच जिताउने शतकको निम्ति बटलरलाई प्लेयर अव् द म्याच चयन गरियो। आईपीएल २०२४-मा राजस्थान रोयल्सको यो चौथो म्याचमा चौथो जीत हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement