सभासद नवराज छेत्रीद्वारा गिताङ्गे र सिविटार क्षेत्रको पैह्रोको निरीक्षण

IMG-20220804-WA0161.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिमा पर्ने सिविटार अनि गिताङ्गे चियाबारीमा गएको पैह्रोको क्षेत्रीय सभासद नवराज छेत्रीद्वारा निरीक्षण गरिएको छ। केही दिनदेखि लगातार रूपमा परिरहेको पानीको कारणले गएको पैह्रोले गर्दा निक्कै असुविधा भईरहेको थियो। यही पैह्रोको कारणले भएको क्षतिको निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले गिताङ्गे चियाबारी हुँदै सिविटार चियाबारीको विभिन्न गाउँहरूको निरीक्षण गरेका छन्।

यसावधि आफ्नो निरीक्षण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद नवराज छेत्रीले सिविटार र गिताङ्गे चियाबारीमा गएको पैह्रोको कारणले कहाँ कहाँ असुविधा बनेको छ भनी हेर्न आएको बताएका छन्। उनले यस क्षेत्रको मानिसहरूले पैह्रोको कारणले के कसो असुविधा झेल्न परिरहेको निरीक्षण गर्नलाई आएको बताएका छन्। सभासद छेत्रीले आफु आपदा प्रबन्धन विभागको खरसाङको मेम्बर अन ड्युटी भएको कारणले पैह्रोले के कति क्षति भएको छ त्यसको रिपोर्ट तयार पार्न आएको र सबै क्षेत्र निरीक्षण गरेपछि रिपोर्ट तयार पारेर आपदा प्रबन्धन विभागमा बुझाउने बताएका छन्। उनले सिविटार क्षेत्रमा कार्पेटिङ नभएको रहल सड़क वर्षाको समय सगेपछि पुन: कार्य थालिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement