शिवम दुबेलाई टी२० वर्ल्ड कपको टीममा हेर्न चाहन्छुः इरफान

IMG-20240406-WA0168.jpg

मुम्बई: भारतीय क्रिकेट टीमका पूर्व पेस बलिंग अलराउण्डर इरफान पठानले आईपीएल २०२४-मा असल प्रदर्शन गरिरहेका अलराउण्डर शिवम दुबेको समर्थन गर्दै उनी चयनकर्ताको भूमिकामा रहेको भए वेष्ट इण्डिज र अमेरिकामा हुने टी२० वर्ल्ड कपको निम्ति दुबेलाई भारतीय टीममा चयन मात्र नगरेर उनको प्रदर्शनमाथि पनि निरन्तर नजर राख्ने बताए। गत केही सालदेखि टीभी-मा कमेण्ट्री गरिरहेका इरफानले भने, म टी२० वर्ल्ड कपको निम्ति उनलाई निश्चित रूपले चयन गर्ने थिएँ अनि उनीमाथि लगातार नजर राख्ने थिएँ। म उनलाई निश्चित रूपले टी२० वर्ल्ड कपको टीममा हेर्न चान्छु कारण उनमा स्पिन बलिंग विरुद्ध खेल्ने अचम्भको क्षमता रहेको छ। उनले त अहिले स्पिनरहरूलाई पानीखेदो गरिरहेका छन्। यसबाहेक क्रीजमा आएपछि स्पिनरहरू विरुद्ध उनलाई सेट हुने आवश्यकता पर्दैन। उनी पहिलो बलदेखि नै ठूलो शट् खेल्न सक्षम छन्। इरफानले अझ भने, उनले आईपीएलको गत सीजनमा पनि असल प्रदर्शन गरेका थिए। हामीले उनलाई शीर्ष स्पिनरहरू विरुद्ध आरामसँग खेलिरहेका देख्यौं। यस्ता प्रतिभालाई खेरो फाल्नु हुँदैन। उनले पेस आक्रमण विरुद्ध पनि खराब ब्याटिंग गरिरहेका छैनन्। भारतसँग अहिले तल्लो क्रममा खेल्ने अनि म्याचलाई फिनिश गर्ने हार्दिक पाण्ड्या, रिंकू सिंह र रिषभ पन्त जस्ता खेलाड़ीहरू रहेका छन्। यसमा केही खेलाड़ीहरू फिटनेस समस्यासँग जुझिरहेका छन्। यस्तो स्थितिमा शिवम दुबे भारतीय टीममा स्थान बनाउने योग्य व्यक्ति साबित हुनेछन्। भारतलाई टी२० वर्ल्ड कपमा फिनिशरको आवश्यकता पर्नेछ। यसबाहेक अमेरिका र वेष्ट इण्डिजमा पीचहरू भारतको जस्तै रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *