नयाँ दिल्ली: यस साल २६ जुलाईदेखि ११ अगस्तसम्म पेरिसमा हुने ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा जम्मू-कश्मीरकी बिल्किस मीर जूरी सदस्यको रूपमा देशको प्रतिनिधित्व गर्ने भारतकी पहिलो महिला बन्न तयार छिन्। पेरिस खेलहरूका निम्ति जूरी सदस्यको रूपमा मीरकी नियुक्तिको आधिकारिक सूचना भारतीय ओलम्पिक संघ (आईओए)-ले जम्मू-कश्मीर प्रशासनलाई एउटा पत्रको माध्यमले दियो। पत्रमा भनिएको छ, बिल्किस मीर, वाटर स्पोर्ट्स प्रमोटर, डेवलपर, एथलीट, भारतीय कायाकिंग र केनोईंग एसोसिएशनका जूरी सदस्य पेरिस ओलम्पिक खेलहरूमा जूरी सदस्यको रूपमा नियुक्त हुने भारतको पहिलो महिला हुन्। यसरी बिल्किसले यसलाई सपना साकार हुनु जस्तो बताइन्। साल १९९८-मा कश्मीरको डल झीलमा एकजना केनोइष्टको रूपमा आफ्नो यात्रा शुरु गर्ने बिल्किस महिला केनोईंग टीमकी पूर्व प्रशिक्षक हुन्। उनी गत वर्ष चीनको हांगझूमा भएको एशियाई खेलहरूमा पनि जूरी सदस्य थिइन्। उनले अन्तर्राष्ट्रिय स्तरमा केनोईंगमा देशको प्रतिनिधित्व पनि गरेकी थिइन्।