गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपालले आज आफ्नो चुनाउ प्रचारको क्रममा मल्ली निर्वाचन क्षेत्र भ्रमण गरे। भ्रमण अवधि उनको साथमा विधानसभा चुनाउको निम्ति भाजपाको मल्ली निर्वाचन क्षेत्रका उम्मेदवार योगेन राई पनि उपस्थित थिए। भाजपाले सुशासन, प्रगति र सद्भावको प्रवर्द्धन गर्ने सन्देशलाई क्षेत्रवासीले सकारात्मक प्रतिक्रिया दिइरहेको दाबी प्रेस विज्ञप्तिमा गरिएको छ।