महिलालाई सरकारी नोकरी र उच्च शिक्षामा पचास प्रतिशत आरक्षण प्रदान गर्ने चामलिङकाे घाेषणा

n5980556001712426010405c8e5a28fcdd6976eba82db8eb5d6eb8b13cfdb2c1f058c0466bdbbd1bcb7d7f6.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले आउँदो सरकारमा महिलालाई सरकारी नोकरी र उच्च शिक्षामा पचास प्रतिशत आरक्षण प्रदान गर्ने बताएका छन्।

आज साँझ नाम्ची जिल्लाको तिमी नाम्फिङ समष्टिको तिमी बजारमा आयोजिक एसडीएफ पार्टीको चुनावी जनसभामा चामलिङले उक्त घोषणा गरेका हुन्।

चामलिङले भने, हामीले २५ वर्षको सरकारकालमा महिला सशक्तिकरणको क्षेत्रमा अनेकौं काम गरेका छौं। अब आउने सरकारमा हामी महिलालाई सरकारी नोकरी र उच्च शिक्षा पचास प्रतिशत आरक्षण सुनिश्चित गर्नेछौं। नोकरीदार महिला सुत्केरी हुँदा एक वर्षको मेटरनिटी लिभ पाउँछन् भने गृहेणी महिला सुत्केरी हुँदा सरकारले एक वर्षसम्म सुत्केरी सम्मान भत्ता मासिक ५ हजार रुपियाँ प्रदान गर्नेछ। हामी एकल महिलाहरूलाई मासिक २० हजार भत्ता दिनेछौं।

उनले भने, तिमी चियाबगानलाई को-अपरेटिभ बेसिसमा चलाएर मजदूर-कर्मचारीहरूलाई मालिक बनाउनेछौं। तिमी चियाबगानका मजदुरहरूलाई हामीले लीजमा जमीन दिएका थियौं। हामी सरकारमा आएपछि त्यसलाई रेगुलर गर्नेछौं। उनले तिमी चियाबगानका मजदुरहरूका नानीहरुलाई काम-धन्थाका जम्मै अवसरहरू दिने बताउँदै भने, हामी सरकारमा आएपछि तिमीको गेस्टहाउस चियाबगानलाई हस्तान्तरण गर्नेछौं।

चामलिङले अझ भने, तीन हजार देखि १० हजार फीट ऊँचाईमा उम्रिने संसारभरिका उद्भित तथा वनस्पतिहरू टेण्डोङ डाँडामा ल्याएर रोप्नेछौं र त्यहाँ मेगा नर्सरी बनाउनेछौं। यो नर्सरीलाई संसारभरिका बोटानिस्टहरू आएर शोध गर्ने केन्द्रका रूपमा विकसित गर्नेछौं। उनले सरकारमा आएपछि न्युनतम ज्याला नौ हजारबाट बढ़ाएर २० हजार बनाउनेछौं र पाँच वर्षमा २७ हजार बनाउने पनि घोषणा गरे।

चुनावी जनसभालाई लोकसभा उम्मेदवार पीडी राई, तिमी नाम्फिङका उम्मेदवार सुमन तिवारी, प्रवक्ता अरूण लिम्बू र दीपक खालिङले पनि सम्बोधन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement