बर्फुङ निर्वाचनका धेरै परिवारले एसडीएफ सामेल

n597970012171242576176318c0e9fa452ffdedd1a484d44573cab0a7a9bdb3436453f7361149754b2ed6b6.jpg

बर्फुङ: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको सिक्किम बचाऔं अभियानलाई साथ र समर्थन गर्दै शनिवार नाम्ची जिल्लाको बर्फुङ निर्वाचनका चारसय भन्दा धेरै परिवारले एसडीएफ प्रवेश गरेका छन्। एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो दाबी गरेको छ।

सामेल हुनेहरूमा अधिकांश सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सक्रिय कार्यकर्तादेखि समर्थकहरू रहेको बताइएको छ। एसकेएम पार्टीका युवा नेता सोनाम ओङ्दा भोटिया, सीएलसी उपाध्यक्ष पासाङ लेप्चासितै धेरै परिवार एसडीएफमा सामेल बनेका छन्। यसका साथै वर्तमान पञ्चायत सदस्य तथा पूर्व पञ्चायतहरू, अवकाशप्राप्त कर्मचारी, कृषक एवम् अन्य धेरै एसडीएफ पार्टीमा सामेल बनेका छन्।

आज बर्फूङ समष्टिको जनसभामा पार्टी अध्यक्ष पवन चामलिङले सामेल हुनेहरू सबैलाई न्योनो स्वागत गर्दै सिक्किमको हित र जीतका लागि काम गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement