गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई लिएर एसकेएम पार्टीले युद्धस्तरमा तयारी गरिरहेको छ। हाल एसकेएम पार्टीले ३२ वटा निर्वाचन क्षेत्र र एउटा लोकसभा सीट जिताउने उद्देश्यले घर दैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ।
यसै क्रममा तुमिन लिङ्गी निर्वाचन क्षेत्रका विधायक साम्दुप भोटियाले पनि आफ्नो चुनावी कार्यक्रमलाई युद्धस्तरमा सञ्चालन गरिरहेको बताएका छन्। पत्रकाहरूसँग कुराकानी गर्दै भोटियाले यसपालीको चुनाउमा आफ्नो जित निश्चित रहेको दावी गरे।
प्रजातन्त्रमा सबै राजनीतिक दलहरूले आफ्नो कार्यक्रमलाई अघि बढाउँदै चुनाउमा प्रतिष्पर्धा गर्ने छुट रहेको जानकारी गराए। तर तुमिन लिङ्गी निर्वाचन क्षेत्रबाट आफूलाई पूर्व विधायकहरूको पूर्णरूपमा समर्थन रहेको कारण पनि जित निश्चिमत ररेको ठोकुवा गरे।
चुनाउ प्रचार गर्ने क्रममा जनताबाट सकारात्मक प्रतिक्रिया पाएको र जनताद्वारा राखिएको सबै मागलाई आफू विजयी बनेर एसकेएम पार्टीको सरकार गठन गरेपछि पुरा गर्ने बचन दिएका छन्।