भाजपा उम्मेदवार डीआर थापाकी बहिनी एसकेएममा सामेल

IMG-20240406-WA0166.jpg

गान्तोक: अप्पर बुर्तुक निर्वाचन क्षेत्रका भाजपा उम्मेदवार एवं सिक्किम भाजपा अध्यक्ष डीआर थापाकै बहिनी ममित्र थापा एसकेएम पार्टीमा सामेल भएकी छिन्। उनले आफ्नो परिवारबाट एउटै पनि भोट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई खसाल्दा क्षेत्रवासीलाई धेरै सहयोग पुग्ने मन्तव्य पोखेकी छिन्। एसकेएम पार्टीमा सामेल भएपछि उनले निवर्तमान क्षेत्र विधायक एवं भाजपा उम्मेदवारलाई क्षेत्रवासीले बहुमतले जीत दिलाएको स्मरण गरिन्। तथापि, आफू घरकै बहिनी स्वयं पनि उनको कार्यकालमा असन्तुष्ट रहेको अनुभव साझा गरिन्। यसपाली एसकेएम पार्टी अध्यक्ष एवं निवर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नीतिकै फलस्वरूप ४ जना नारी उम्मेदवारहरूलाई पार्टीबाट चुनाउ मैदानमा उतार्नु गर्वको कुरा रहेको उल्लेख गर्दै यसपाली समष्टिबाट एसकेएम नारी उम्मेदवार श्रीमती कला राईलाई विजयी तुल्याउनुपर्ने आह्वान गरिन्। क्षेत्रवासीको भविष्य क्षेत्रवासीकै हातमा रहेको उल्लेख गर्दै उनले आगामी चुनाउमा एसकेएम पार्टीकै उम्मेदवारलाई जीत दिलाउँदै आफ्नो भविष्य निर्धारण गर्नुपर्ने बताइन्। नत्र आफूहरूको समष्टि अझै पछि परेर जाने उनले विचार पोखिन्। चुनाउको एक महिनालाई नहेरेर आगामी ५ वर्ष क्षेत्रको विकास गर्न एसकेएम पार्टीकै उम्मेदवारलाई जीत दिलाउनुपर्छ भन्ने उनले सम्पूर्णलाई आह्वान गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement