वरिष्ठ नागरिकहरूलाई मतदान गराउन अधिकारीहरू पुगे घरमा

IMG-20240406-WA0164.jpg

गान्तोक: आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति राज्यका वरिष्ठ नागरिक साथै शारिरिकरूपमा असक्षम व्यक्तिहरूको निम्ति गत ४ अप्रेलदेखि घरबाट नै मतदान प्रक्रिया शुरू गरिएको छ। विशेष गरेर ८५ वर्ष भन्दा अधिक उमेरका वरिष्ठ नागरिक र ४० प्रतिशत शारिरिकरूपमा असक्षम व्यक्तिहरूले घरबाट मतदान गर्न सक्ने प्रावधान रहेको छ। भारतीय चुनाउ आयोगले यस वर्षदेखि उक्त नियम लागु गरेको भने यो नियम देशभरिनै लागु हुनेछ। यसै क्रममा सिक्किम राज्यले पनि भारतीय निर्वाचन आयोगको नियमलाई शिरोपर राख्दै राज्य चुनाउ आयोगद्वारा खटाइएका व्यक्तिहरूले घर घरमा पुगेर मतदान गराउने प्रक्रिया जारी गरेको छ। विशेष गरेर यस चुनाउ प्रक्रियालाई सेक्टर मेजिस्ट्रेट लगायत अन्य अधिकारीहरूले नजिकबाट नियालिरहेका छन् भने मतदाताहरूले सम्वन्धित अधिकारीहरूको उपस्थितिमा आफ्नो बहुमूल्य मतदान गर्दै आइरहेको छन्। उनीहरूद्वारा गरिएको मतदान गोपनीय रहने र पुलिसवल लगायत चुनाउ आयोगद्वारा खटाइएका अधिकारीले यसको निरीक्षण गर्दै आइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *