सिङताम खाम्दोङ निर्वाचन क्षेत्रमा आफ्नो कुनै प्रतिद्वन्धि नरहेको एनबी दाहालको दावी

IMG-20240406-WA0163.jpg

गान्तोक: पूर्व जिल्ला अन्तर्गत सिङताम खाम्दोङमका उम्मेदवार एनबी दाहालले जानकारी गराए अनुसार उक्त निर्वाचन क्षेत्रबाट आफ्नो कुनै प्रतिद्वन्धि नरहेको दावी गरे। आज उनले सिङताम बजारमा एक ऱ्यालीको पनि आयोजना गरे। विशेष गरेर सिङताम बजारलाई लक्ष्य गर्दै आयोजना गरिएको यस ऱ्यालीमा एसकेएम पार्टीका अधिक समर्थकहरूले सहभागिता जनाएका थिए। पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले अहिलेसम्म उक्त निर्वाचन क्षेत्रमा एसडीएफ पार्टी लगायत अन्य पार्टीका उम्मेदवारहरूले चुनावी प्रचार प्रसार नगरेको दावी गरे। सिङताम खाम्दोङ निर्वाचन क्षेत्रबाट आफ्नो विजयी निश्चित रहेको पनि उनले ठोकुवा गरे। एसकेएम पार्टीले पाँच वर्षमा गरेको कामहरू देखेर यस निर्वाचन क्षेत्रका जनताले एसकेएम पार्टीका उम्मेदवारलाई नै विजयी बनाउने मन बनाइसकेको उनले किटान गरे। चुनाउ प्रचार प्रसारको क्रममा जनताद्वारा राखिएको मागलाई आफूले जितेपछि सतप्रतिशत पुरा गर्ने पनि उम्मेदवार दाहालले बचन दिए।अहिलेसम्म आफूले एसकेएम पार्टीले विगत पाँच वर्षको अवधिमा गरेको कामको रिपोर्ट लिएर जनता समक्ष पुगेको र जनताबाट पनि सकारात्मक प्रतिक्रिया आएको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement