एसकेएम पार्टीको चुनावी सभा मल्लीमा सम्पन्न

IMG-20240406-WA0162.jpg

आगामी चुनावमा बुढो रूख ढल्ने पार्टी अध्यक्ष तामाङको दावी

मल्ली: आगामी १९ अप्रेलमा सम्पन्न हुने ११औं विधानसभा अनि १८औं लोकसभा चुनाउलाई ध्यानमा राख्दै सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो चुनावी सभा विजयः भव जनसभा आज मल्लीको खेल मैदानमा भव्यरूपमा पालन गऱ्यो। आज मल्ली, नामथाङ रातेपनी, नाम्ची सिंगीथाङ अनि पोकलोक कामराङ समष्टिलाई लिएर सभा आयोजना गरिएको थियो। सभालाई सबम्बोधन गर्दै पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो पहिलो कार्यकालमा गरेको जनपक्षीय कामहरूको कारण यो चुनाउमा फेरि जीत निश्चित रहेका किटान गरे। पार्टीले सबै प्रकारको समिकरण मिलाएर सबै जात- धर्म, नारी, युवाहरूलाई जनताको प्रतिनिधित्व गर्नको निम्ति टिकट दिएको जानकारी गराए। समिकरण मिलाउँदा छुटिएका पार्टीको होनहार कार्यकर्ताहरूलाई आगामी समयमा इज्जत सम्मान दिएर राख्ने पनि बताए। एसकेएम पार्टीको संविधानमा नै एक व्यक्तिले दुईपल्ट मात्र जनतालाई प्रतिनिधित्व गर्ने नियम रहेको हुँदा धेरै युवाहरूले जनताको सेवा गर्नको निम्ति अवसर पाउने बताए। अब युवाहरूले पनि स्वयं अनि अनुशासित भनेर पार्टीको काम गर्न अघि आउने पनि आह्वान गरे। आफू स्वयंले पनि अबको कार्यकालपछि चुनावी राजनीतिबाट सन्यांस लिएर साधारण रुपमा जनताको सेवा गर्ने निर्णय बनाइसकेको साथै आफू आधिकारिक रुपमा घोषणा पनि गरिसकेको बताए। जनताको अशिर्वादले गर्दा आफूले सिक्किमलाई चलाउने अवसर प्राप्त गरेको हुँदा सबै कुरालाई बिर्सेर केवल जनसेवामा लागेर काम गरेको बताए। पहिलो कार्यकालमा दिन रात एक गरेर जनसेवाको भावनामा समर्पित रहेको कारणले नै फेरि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दोस्रोपल्ट सरकार बनाउने निश्चित रहेको ठोकुवा गरे। पहिलो कार्यकालमा शुरु गरेको सुनौलो अनि समृद्ध सिक्किम निर्माण गर्ने अभियानलाई साकार रुप दिन साथै क्षेत्रको विकास गर्नको निम्ति चारै समष्टिका जनताले टेबल ल्याम्पको चिन्हमा भोट लाएर भारी मतले विजयी बनाउने आग्रह गरे। यी चारवटा निर्वाचन क्षेत्रहरूमा पहिलो कार्यकालमा २५ वर्षमा नभएको अभूतपूर्व कामहरू भएको बताए। आफूले पाँच वर्ष सरकार चलाए पनि त्यसलाई कहिल्यै आफ्नो परिवारको निम्ति पैसा कमाउने जरिया नबनाएको किटान गरे। आफ्नो परिवारको सबै सदस्यहरूलाई केवल जनताको सेवामा नै लगाएको बताए। आफ्नो परिवारका सदस्य कसैले यी पाँच वर्षमा ठेकादारी अनि ठेका पट्टाको काम गरेको प्रमाण देखाए राजनीतिबाट राजीनामा दिने पनि किटान गरे। पूर्व मुख्यमन्त्री पवन चामलिङले सुपर मार्केटको स्टलदेखि ठेक्कापट्टा अनि सबै प्रपकारको ठुलो कामहरू आफ्नो परिवारको सदस्यलाई दिएको प्रमाण देखाए। पहिलो कार्यकालमा गरेको सराकरी अस्थायी कर्मचारीहरूको स्थायीकरण अनि नयाँ नौकरीहरूलाई दिने वेतनमा विपक्षले केही चिन्ता नलिने सबै कुरा राजनीतिक इच्छाशक्तिको कारण सम्मभव रहेको बताए। अबको चुनाउमा बुड़ो रुख लड़्ने पनि उनले संकेत दिए। अब फेरि सरकार बनाएर अनेकौं कामहरू गर्ने पार्टी अध्यक्षले प्रतिबद्धता व्यक्त गरे। अबको कार्यकालमा जनतालाई (बिपास) बिजुली, पानी अनि सड़क सुगम बनाउने उद्देश्य सहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे। २०० युनिटसम्म मुफ्त विजुली प्रत्येक घरलाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। यसरीनै पानी नभएको ठाउँहरूमा सबै कुराको सर्वे गरेर पानीको सर्वाराहको पनि उनले सुनिश्चित गर्ने प्र्तिबद्धता व्यक्त गरे। यसरी नै प्रत्येक गाउँ अनि दुर्गम क्षेत्रहरूमा सुगम सड़क व्यवस्था निर्माण गर्ने प्रतिबद्घता व्यक्त गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले समावेशी राजनीति गरेको उनले बताए। चुनाउ सकिनसाथै प्रत्येक समष्टिमा भ्रमण गर्दै विकास गर्नको निम्ति ९ सदस्यीय समष्टि विकास समिति बनाउने घोषणा गरे। आजको यस कार्यक्रममा पार्टीका प्रवक्ता जेकब खालिङ लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement