गुवाहाटी: असमको सिलचरमा शनिबार दुई नाबालिग रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन्। रिपोर्टका अनुसार यो केसलाई कथित प्रेम सम्बन्धका कारण दोहोरो आत्महत्याको रूपमा हेरिएको छ। यो दाबी गर्नको लागि अहिलेसम्म कुनै उचित प्रमाण नभेटिए पनि पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। पुलिसले अनर किलिंगजस्ता विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ। गत बिहीबारदेखि बेपत्ता भएका नाबालिग केटा र केटी शनिबार रहस्यमय रुपमा मृत फेला परेको बताइएको छ।लाशलाई पोस्टमार्टम र थप कारबाहीका लागि सिल्चर मेडिकल कलेज र अस्पताल लगिएको छ।दुवै नाबालिग एउटै धर्मका र एउटै गाउँमा बस्ने गरेको पनि बताइएको छ।