अत्याधुनिक सीसीटीभी क्यामाराको कमिश्नर गौरव शर्माद्वारा उद्घाटन

IMG_20220804_192627.jpg

सिलगढी: सिलगढी मेट्रोपलिटन पुलिसले सहरमा अझ ८८ वटा अत्याधुनिक सीसीटीभी क्यामारा जडान गरेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको स्थापना दिवसको अवसरमा आज उक्त सीसीटीभी क्यामाराको पुलिस कमिश्नर गौरव शर्माले उद्घाटन गरे। सिलगढी शहरमा चोरी-डकैतीको घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेकोले यसलाई रोकथाम गर्ने उद्देश्य लिएर जडान गरिएको हो। यसभन्दा अघि पनि सहरको विभिन्न ठाउँमा धेरैवटा सीसीटीभी क्यामारा जडान गरेको थियो भने उक्त क्यामाराको सहयोगमा पुलिसले धेरैजना अपराधीहरूलाई पक्राउ गरिसकेको छ । यस अवसरमा कमिश्नर गौरव शर्माले भने, बाघडुग्रादेखि उत्तरकन्यासम्म बुलेट क्यामारा लगायत अत्याधुनिक सीसीटीभी क्यामारा जडान गरिएको छ। यी नयाँ क्यामाराको माध्यमद्वारा ट्राफिक पोइन्टमा वाहनहरू लगायत सहरको विभिन्न सडकहरूमाथि नजर राखिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *