सिलगढीमा लाखौंको ब्राउन सुगरसहित एक आरोपी पक्राउ

broun.jpg

सिलगढी: मटीगडा पुलिस थानाले स्पेशल अपरेशन ग्रुप (एसओजी)सँगको संयुक्त अभियानमा ब्राउन सुगरसहित एक अभियुक्तलाई पक्राउ गरेको छ। अभियुक्तको नाम मिथुन महतो हो। उनी दलखोला निवासी भएको बताइएको छ। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा मटीगडा थानाका पुलिस र एसओजीले थाना अन्तर्गत फाँसीदेवा अन्डरपासमा अपरेसन गर्ने क्रममा शंकाको आधारमा मिथुन महतोलाई रोकेका थिए। खोजीका क्रममा उनको हातमा रहेको कालो प्लास्टिकको झोला भित्रबाट ४६९ ग्राम ब्राउन सुगर बरामद भएको थियो। जसको बजार मूल्य लाखौं रुपियाँ अनुमान गरिएको छ। आरोपीले मालदाबाट ल्याइएको ब्राउन सुगर पास मोर अन्तर्गत फाँसीदेवामा तस्करी गर्न लागेको बताइएको छ। यसअघि उनी पक्राउ परेका थिए। अभियुक्तलाई आइतबार सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement