फटापुकुर, राजगञ्जमा तृणमूल कांग्रेसको चुनावी बैठक 

07574089-0935-4c5f-8c2e-c37de70b25a4-1024x576.jpg

राजगञ्ज: फाटापुकुरमा महिला तृणमूल कांग्रेसले चुनावी र्‍यालीको आयोजना गरेको छ। जलपाईगुडी जिल्ला तृणमूल कांग्रेसका उम्मेद्वार निर्मल चन्द्र रायको समर्थनमा राजगञ्ज ब्लक अन्तर्गत फाटापुकुरको छेउमा रहेको आश्रम पाडा मैदानमा चुनावी सभा आयोजना गरिएको छ। यो राजगंज ब्लक महिला तृणमूल कांग्रेस र ब्लक तृणमूल कांग्रेस र मजदुर संगठन राजगंज ब्लक आइएनटिटियुसी को नेतृत्वमा आयोजित गरिएको थियो। जसमा ब्लकका विभिन्न क्षेत्रका महिला कार्यकर्ताका साथै आत्मनिर्भर समूहका महिला र आशा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। यस क्रममा जलपाईगुडी जिल्ला परिषद् अध्यक्ष कृष्णराय बर्मन, राजगंज विधायक खगेश्वर राय, तृणमूल कांग्रेस मजदूर संघ आइएनटिटियुसीके जिला अध्यक्ष तपन दे, जलपाईगुड़ी जिल्ला महिला तृणमूल कांग्रेस विधानसभा नेता नूरजहां बेगम, ब्लाक महिला कांग्रेस विधानसभा नेता सर्वानी धरा, राजगंज ब्लक तृणमूल कांग्रेस के अध्यक्ष डा. अरिन्दम बनर्जी आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement