दार्जीलिङ: चुनाव अघि दार्जिलिङ पुलिसले आज बिहान ६ राउन्ड जीवित गोलीसहित दुई इम्प्रोभाइज्ड पेस्तोल बरामद गरेको छ। आज नै बिहान एक महिलासहित चारजनालाई पक्राउ गरेको छ। आरोपितलाई १३ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ। पुलिसले अभियुक्त गौरव घिमिरे, नौशाद अली, रियाज अहमद र मञ्जु घिमिरे दार्जिलिङका बासिन्दा रहेको जनाएको छ। दार्जिलिङ सदरका आईसीसहितको विशेष अनुसन्धान टोलीका एसआई दिव्या चक्रवर्ती, एएसआई, विप्लव चक्रवर्तीलगायत अन्य पदाधिकारीसहित गद्दीखान, पाउण्ड रोड इलाकामा गएर विहान ७ः१५ बजे करिब ६ वटा गोलीसहित म्यागजिनसहित दुई थान पेस्तोलसहित अभियुक्तलाई पक्राउ गरेको हो जानकारी गराएका छन्। आरोपीहरूलाई हतियार ऐन अन्तर्गत मुद्दा लगाइएको छ र चिकित्सा परीक्षणपछि आज नै दार्जिलिङ अदालतमा पेश गरिएको थियो। हामीले थप अनुसन्धानको लागि अदालतमा १० दिनको पुलिस हिरासतको लागि अनुरोध गरेका छौं,” एक शीर्ष पुलिसले भने। अदालतले हिरासतको निवेदन खारेज गर्दै अभियुक्तलाई १३ दिनको लागि न्यायिक हिरासतमा पठाएको एपीपी पंकजप्रसादले बताए ।उनीहरूलाई वैशाख १९ गते अदालतमा पेश गरिने छ।

“आरोपीहरु लाई हतियार ऐन को २५ र २७ अन्तर्गत मुद्दा चलाइएको छ। अभियुक्तहरु संग बरामद सामान को कुनै मान्य कागजात छैन,” प्रसादले भने।