सिलगढी: दार्जीलिङ भारतको रंग-विरंगी फूलबारी हो। यस फूलबारीलाई कोलकाता र दिल्लीले ध्वंस बनाउने कार्य गरी रहेको छ यो मन्तव्य राष्ट्रिय कांग्रेस उम्मेद्वार डा. मुनिष तामाङले पोखेका छन्। सिलगढ़ीको अनिल विश्वास भवन माकपा कार्यालयमा आज ईण्डिया गठबन्धनको सभा सम्पन्न भयो।आयोजित ईण्डिया गठबन्धनको सभामा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्स, माकपा नेता जीवेश सरकार, पूर्व राज्यसभा सांसद समन पाठक, कांग्रेस जिल्ला अध्यक्ष एंव पूर्व विधायक शंखर मालंकार आदि उपस्थित थिए। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस उम्मेद्वार डा. मुनिष तामाङले दार्जीलिङ लोकसभा आसन कोलकाता र दिल्ली दुवैको निम्ति महत्वपूर्ण रहेको छ। दार्जीलिङ पहाड़मा सबै जात र धर्मका मानिसहरु युगौं युगौदेखि बसोबासो गर्दै आएको हुनाले दार्जीलिङलाई सबै जात र धर्मको रंग विरंगी फूलबारीको रुपमा हेर्न सकिन्छ, रंगी विरंगी दार्जीलिङ फुलबारीलाई ध्वंस बनाउँने मतभेद ल्याउँने कुप्रयासहरु भई रहेको छ। दार्जीलिङको निम्ति यो खतरा हो साथै हाम्रो देश भारतको निम्ति पनि खतरा रहेको डा. तामाङले बताए। तिनले अघि भने, रंगी-विरंगी फूलबारीलाई ध्वंस बनाउने कुप्रयास देशको संविधानको निम्ति खतरा हो।आज तपाई हामी देशको संविधानलाई रक्षा गर्न ईण्डिया गठबन्धनमा आएका छौं। डा. तामाङले अघि भने, अब हुने चुनाव तृणमूल र भाजपाबीच हुनेछ भन्ने मानिसहरुमा सोच फैलिएको थियो। तर अब स्थिति अर्कै भएर गएको छ। तृणमूल कांग्रेस अत्याचारी अनि भष्ट्रचारी पार्टी रहेको छ भने भाजपा झूठो बोल्ने पार्टी हो। यी दुवै राजनैतिक पार्टीलाई हराउन जनता आतुर रहेको कांग्रेस उम्मेद्वार डा. मुनिष तामाङले बताए।