एनआईएद्वारा छापामारीबारे मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् आलोचना

CM-Mamta-Banerjee-Tribiute-to-Netaji

कोलकाता: पश्चिम बंगालको पूर्वी मेदिनीपुरमा एनआईएटोलीमाथि हमला भएको छ। टोली भूपतिनगर विष्फोटका अभियुक्तलाई पक्राउ गर्न गएका थिए। लामो अनुसन्धानपछि दुई जना पक्राउ परेका छन्। अहिले अनुसन्धान टोलीमाथि भएको आक्रमणलाई लिएर राजनीति चर्किएको छ। एकातिर मुख्यमन्त्री ममता ब्यानर्जीले रातिको छापामारीबारे प्रश्न उठाएकी छिन्l अर्कोतर्फ कांग्रेस नेता अधीररञ्जन चौधरीले अनुसन्धान टोलीमाथि हमलाको भन्दै निन्दा गरेका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘उनीहरूले मध्यरातमा किन छापा मारे? के उनीहरूले पुलिसको अनुमति लिएको थियो? के चुनावअघि नै जनतालाई पक्राउ गर्दैछन्? भाजपाले हरेक बुथ एजेन्टलाई पक्राउ गर्नेछन् भन्ने के सोचाइ राख्छ?’ एनआईएले पार्टीको एजेन्टलाई पक्राउ गरेको विषयमा उनले भनिन्. ‘म एनआईएद्वारा हाम्रो एजेन्टलाई पक्राउ गरिएको निन्दा गर्छु, र पूर्वी मेदिनीपुरको भूपतिनगरमा महिलामाथि भएको आक्रमणको पनि निन्दा गर्छु। त्यस्तै नन्दीग्राममा पनि लुटपाट भयो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement