बन्धन ब्यांकका एमडी-सीईओले पद छोड्न लाग्दै

Chandra-Shekhar-Ghosh-MD-CEO-Bandhan-Bank.JPG

कोलकाता: निजी क्षेत्रको बन्धन ब्यांकका संस्थापक तथा एमडी-सीईओ चन्द्रशेखर घोषले पदबाट राजीनामाको घोषणा गरेका छन्। ब्यांकले शेयर बजारलाई दिएको सूचनाअनुसार,  ९ जुलाई २०२४ मा वर्तमान कार्यकाल पूरा गरेपछि घोषलाई ब्यांकको एमडी र सीईओको जिम्मेवारीबाट मुक्त गरिने बताएको छ। घोषले सञ्चालक समितिलाई लेखेको पत्रमा भने, ‘लगभग एक दशकसम्म ब्यांकको नेतृत्व गरेपछि, मलाई बन्धनले समूह स्तरमा ठूलो रणनीतिक भूमिका खेल्ने समय आएको महसुस गरेको छ।‘ आरबीआईले २ अप्रेल २०१४ मा बन्धन ब्यांक र आईडीएफसी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिएको थियाे। यसपछि बन्धन ब्यांकले २४ राज्यमा ५०१ शाखा र ५० एटीएममार्फत गत २३ अगस्त २०१५ मा कारोबार शुरु गरेको थियो। बन्धन ब्यांक सम्पूर्ण पूर्वाञ्चलको एक मात्र लघुवित्त संस्था हो, जसलाई पूर्ण ब्यांकको रुपमा काम गर्ने अवसर प्रदान गरिएको थियो। सन् २०१८ मा स्टक एक्सचेन्जमा पनि सूचीकृत भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *