गाडीको ठक्करबाट सेवानिवृत्त पुलिस घाइते, चालक पक्राउ

Capture-3.jpg

सिलगढी: तीव्र गतिको टाटा म्याजिक क्याबले ठक्कर दिँदा सेवानिवृत्त पुलिस जवान घाइते भएका छन्। घाइते पुलिसको नाम पञ्चालाल लामा तामाङ रहेको छ। उनको अहिले प्रधाननगर थाना अन्तर्गतको नर्सिङ होममा उपचार भइरहेको छ। घटनापछि ठक्कर दिने गाडीलाई पुलिसले नियन्त्रणमा लिएको छ। चालक त्यहीँ पक्राउ परेका थिए। पक्राउ पर्ने चालकको नाम बुढा राय रहेको छ। उनी मूल रूपमा उत्तर दिनाजपुरका हुन्, तर कामका लागि सिलगढीमा बस्छन्। स्रोतका अनुसार पञ्चालाल लामा तामाङ पुलिस निरीक्षक पदबाट अवकाश लिएका छन्। शनिबार साँझ उनी मिलन मोडबाट निवेदिता रोडतर्फ आफ्नो घर फर्कदै थिए। त्यसपछि सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको टाटा म्याजिक क्याबले उनलाई ठक्कर दिएको थियो। जसमा उनी गम्भीर घाइते भएका छन्। त्यसपछि स्थानीयको सहयोगमा उनलाई प्रधाननगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो। यहाँ घटनापछि आक्रोशित स्थानीयले टाटा म्याजिक तोडफोड गरेका छन्। घटनाको जानकारी पाएलगत्तै प्रधाननगर थानाका पुलिस घटनास्थलमा पुगेर वातावरण शान्त गराए। यसपछि घातक गाडी नियन्त्रणमा लिई चालकलाई पनि नियन्त्रणमा लिएको छ। आज आरोपी चालकलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *