ताइपेई: ताइवानमा शक्तिशाली भूकम्प गएको तीन दिनपछि शनिबार ६०० भन्दा बढी मानिस फसेका छन्। ताइवानमा बुधबार आएको भूकम्पलाई पछिल्लो २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ, जसका कारण धेरै भवनमा क्षति पुगेको छ भने धेरै मानिस दुर्गम क्षेत्रमा फसेका छन्। यस भूकम्पका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ। शाकडाङ सडकमा चट्टानमुनि पुरिएका दुई शव उद्दार गर्न उद्धारकर्मीले शनिबार भारी उपकरण ल्याउने योजना बनाएका छन्।
हिमाली भेगमा रहेको तारोको राष्ट्रिय निकुञ्जको शाकडाङ सडकमा थप चार जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो पराकम्प गएपछि उद्धार कार्य रोकिएको थियो। ताइवानमा बुधबार आएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता छन्। ‘तारोको पार्क’को एक होटलमा फसेका करिब ४५० सहित ६ सयभन्दा बढी यात्रु ढुङ्गा खस्ने र अन्य क्षतिका कारण सम्पर्कविच्छेद भएका विभिन्न ठाउँमा अलपत्र परेका छन्। ताइवानमा भूकम्प सुरक्षाको बारेमा मानिसहरूलाई शिक्षित गर्न कडा निर्माण मापदण्ड र व्यापक शिक्षा कार्यक्रमहरू छन्, जसले गर्दा यस्तो शक्तिशाली भूकम्पको बावजुद अपेक्षाकृत थोरै हताहतहरू भएका छन्। ताइवानको नेशनल फायर एजेन्सीका अनुसार बुधबार बिहान ८ बजे भूकम्प गएको हो। भूकम्पको तीव्रता ७.४ थियो। भूकम्पको केन्द्रबिन्दु ह्वालियनबाट करिब ३५ किलोमिटर दक्षिण-दक्षिणपश्चिममा थियो।